मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

क्यारेवियन लिगमा सन्दीपकाे शानदार डेब्यू

Suzuki
अनलाइनखबर


२५ साउन, काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा शानदार डेब्यू गरेका छन् । तर, उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स हारेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको गुयाना वारियर्सको पहिलो विकेट नै सन्दीपले लिए । दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिँदै सीपीएलको डेब्यूलाई शानदार बनाए ।

उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । समग्रमा ४ ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।

तर, वेष्ट इण्डिजका यू–१९ टोलीका सदस्य सिम्रन हेटमेयरले शानदार पारी खेलेपछि क्रिस गेल र सन्दीप दुवै छायाँमा परे ।

उनले मात्र ४५ बलमा ७९ रनको अविजित पारी खेलेपछि गुयाना वारियर्सलाई २१ बल बाँकी छँदै ६ विकेटको जित निकाल्यो । म्यान अफ द म्याचसमेत बनेका उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

२०७५ साउन २५ गते १०:५२ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this