बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न पाएनः मन्त्री अर्याल

Suzuki
सन्देश श्रेष्ठ

फाइल तस्वीर

२५ साउन, पोखरा । भूमि व्यव्स्थापन, सहकारी एवम् गरीबी निवारणमन्त्री पद्मा अर्यालले विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न नपाएको गुनासो गरेकी छन् ।

विपक्षीले संसद अबरुद्ध गर्ने, अदालतमा रिट हाल्ने लगायतका काम गर्दा सरकारले सोंचेजस्तो काम गर्न नसकेको उनले बताइन् । यद्यपि, सरकारको काम सन्तोषजनक नै रहेको उनको दाबी छ ।

शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अर्यालले सरकारलाई काम गर्न नदिन बिपक्षीले बिना एजेण्डासंसद अबरुद्ध गरेको आरोप लगाइना्. ‘चुनाव हारेका प्रतिष्पर्धीहरुलाई छटपटी भइरहेको छ, उनीहरु सरकारलाई काम गर्न नदिने प्रयासमा छन्, केहि गरौं भन्यो गर्नै दिदैनन्’ उनले भनिन्, ‘सानो सानो विषयमा समेत बिपक्षीले संसद अबरुद्ध गरेर काम गर्नै दिएनन् ।’

सांसदलाई बोल्न नदिएको सामान्य विषयमा समेत बिपक्षीले संसद अबरुद्ध गरेको उनको आरोप छ । तर, अब सँधै यसरी नचल्ने भन्दै यसलाई पराजित गरेर चुनावताका जनतालाई बाँडेको समृद्धि र विकासको सपना पूरा गर्ने गर्न सरकार अगाडि बढ्ने उनले उल्लेख गरिन् ।

मन्त्री अर्यालले सरकार बनेको ४ महिना मात्र भएको बताउँदै अहिले नै मूल्यांकन गर्ने बेला नभएको बताइन् ।

दीर्घकालीन योजना अघि नसारी निर्माणमा मात्र जुटेको भए अहिले रिजल्ट देखिसक्ने दाबी गर्दै उनले भनिन्, ‘सरकार बनेको ४ महिना मात्रै भएको छ, अहिले नै यो सरकारको रिजल्ट हेर्ने र त्यसको आधारमा मूल्यांकन गर्ने बेला भएको छैन ।’ उनले वर्तमान सरकारलाई काम नगर्ने छुट नभएको बताउँदै चाँडै नै जनताले परिवर्तनको महसुस गर्नेगरी रिजल्ट आउने दाबी गरिन् ।

स्थानिय सरकारले जथाभावी कर बढाएको व्यापक गुनासो आएको बताउँदै यसलाई संघीय सरकारले सच्याउने मन्त्री अर्यालले बताइन् ।

‘जनताले कर त तिर्नैपर्छ । तर एकैपटक धेरै बढाएको व्यापक गुनासो आएको छ, यसरी जथाभावी बढाएको कर संघीय सरकारले सच्याउँछ’ उनले भनिन्, ‘स्थानिय सरकारलाई जथाभावी कर नबढाउन सचेत पनि गराउँछ ।’

२०७५ साउन २५ गते २०:०३ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२० प्रतिकृयाहरू प्राप्त
  • भेष कुमार लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:०८

    आफु काम गर्न नसक्ने अनि अरुलाई दोष

    36
    3
    Share

  • Rudra Rai लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते ११:२६

    Aafu kehi nagarna nasakne ani dosh aru laai lagaune Nepali ko puranai baani ho…!!

    26
    3
    Share

  • Surya Regmi लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १२:१५

    अली कती लाज मन्नुस् नेता जि अजै पनि बिपच्छी लाई दोस दिन मिल्छ छि छि दुई तिहाइ को सरकार !!!!!

    34
    3
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १२:१६

    अली कती लाज मन्नुस् नेता जि अजै पनि बिपच्छी लाई दोस दिन मिल्छ छि छि दुई तिहाइ को सरकार !!!!!

    26
    2
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १२:२५

    ए ३/४ को सरकार किन बनेको त् बिपक्षी ले काम गर्न दिएनन भने ? के काम गर्ने विचार थियो त्यो पहिले थाहा हुनु पर्यो नि जनता लाइ – राम्रो काम हो जनतालाइ फाइदा हुने हो भने जनता उठेर कांग्रेस लै डाँडा कतै हल्छन नि । कोशी उच्च बाँद र पानीजहाज, चिनिया रणनैतिक रेल हो भने नप्ली ले चाही बिरोध गर्छन । किडिनी चोर्ने हस्पिटलला मेडिकल कलेज बनाउने कुरा सारा नेपाली ले बिरोद गर्छन कांग्रेश को मात्र के कुरा
    तर ४० करोड रुपयाँ राज्यकोष बात नेकपाका कार्यकर्ता लाइ बाडेको, मंहगी बढाएको, सेंदिगेट नहटाएको आदि सरकारका १०० खराब काम को बिरोध गरिन्छ

    25
    3
    Share

  • Deepak लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १२:३८

    Prajantantrik Babystha ma Bipakshya ko dharma ho birodh garne, ani satta pakshya ko kaam ho tyo birodh lai tackle gardai kehi garera dekhaune. Timi haru lai janata le tetteki bahumat deka ta hainan ni. Ramro kaam gare sabai aafno karan le ani kaam garna sakena vane bipakshya le birodh garyo vanera bahana banaue choot xaina timi haru lai. Yo kura buji rakha.

    13
    2
    Share

  • KRISHS लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:०६

    makho marni hoena furti dherai……
    namchhine pingko saya jhadka……

    20
    1
    Share

  • shyamsundar sharma लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:०७

    Good excuse and reason. Collect excuses and tell to public. This is your strength and opportunity.

    13
    2
    Share

  • sanu लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १४:४०

    राज्य संरचनाको स्वरुप, मुकुकको राजनैतिक संस्कृति र आफु भित्रकै अलमलले हो कमरेड l

    4
    0
    Share

  • S.R. Khatri लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १५:१६

    ” Kaam garera dekhaau ani matra Patyaaulaan janta le “

    7
    0
    Share

  • Rojina Bhandari लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १५:२१

    ए ३/४ को सरकार किन बनेको त् बिपक्षी ले काम गर्न दिएनन भने ? के काम गर्ने विचार थियो त्यो पहिले थाहा हुनु पर्यो नि जनता लाइ – राम्रो काम हो जनतालाइ फाइदा हुने हो भने जनता उठेर कांग्रेस लै डाँडा कतै हल्छन नि । कोशी उच्च बाँद र पानीजहाज, चिनिया रणनैतिक रेल हो भने नप्ली ले चाही बिरोध गर्छन । किडिनी चोर्ने हस्पिटलला मेडिकल कलेज बनाउने कुरा सारा नेपाली ले बिरोद गर्छन कांग्रेश को मात्र के कुरा
    तर ४० करोड रुपयाँ राज्यकोष बात नेकपाका कार्यकर्ता लाइ बाडेको, मंहगी बढाएको, सेंदिगेट नहटाएको आदि सरकारका १०० खराब काम को बिरोध गरिन्छ
    copied

    8
    0
    Share

  • Rajan लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १५:४५

    Ali kati laaj bhanne kura baki chha ki chhaina madam? 2/3 bahumat pauda pani ajhai roilo? Baru dehs chalauna sakiyena bhanera surrender gare bhai halyo ni…..

    5
    0
    Share

  • अनुरोध लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १६:३१

    देश र जनताका नाममा सिन्को नभाँच्नेहरु अरुलाई दोष दिएर समय बिताउँदैछन् ।

    10
    1
    Share

  • Rabin लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १७:१५

    मन्त्री ज्यू डाईलग पुरानो भो ।

    9
    0
    Share

  • Jaynepal लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १७:५४

    Mantri ji kam garna deyena bhandai basne ki janata ko samasya ko samadhan Tira lagne.yasari talab bhatta suvida liyera mantri jasto manche le aru Lai dosh didai basne ho bhanye Nepal sambridha hune Ash janatale nadekhyeni huncha.

    5
    0
    Share

  • भरत बिमली लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते ७:१८

    ” खाने मुखलाई जुँगाले क्षेक्दैन ” ।

    2
    1
    Share

  • SBC लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते ८:०२

    नाच्न नजान्ने,आगन टेडो !!!

    2
    1
    Share

  • ह्वाकुको क़ाइलो लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते ९:५१

    म भए हाम्रा ह्वाकुका प्रधानमंत्री लाइ कांग्रेस ले काम गर्न दिएन भनेर रुँदै राजिनामा दिएर अर्को काम गर्न सक्नेलाई मार्ग प्रसस्त गर्थे , के रुएर बस्थे होला र तलब र सुबिधाको लोभमा

    3
    1
    Share

  • padam prasad pande लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते १०:३४

    मन्त्रीजू ले भनेका कुराप्रति कुनै सैद्धान्तिक कम्युनिष्टले विमति राख्नु पर्ने कुरै छैन । विपक्षीको उपस्थितिमा चाहेजति काम गर्न सकिंदैन भनेरै माओले चीनमा र लेलिन स्तालीनले रूसमा विपक्षी सज र सफाया गर अभियान चलाए ।

    तर के गर्नु दुर्भाग्य नै भनौं मदन भण्डारीले आफ्नो ज्यानको बाजी लगाएरै पनि पार्टीलाई जनताको बहुदलीय जनवाद (जबज) को घाँडो भिराएर जानु भो । मदन भण्डारी पछि महासचिव बनेका, तेसपछि गृहमन्त्री बनेका र माओवादी पछि प्रधानमन्त्री पनि बनेका ठूलै नेता माधव कुमार नेपालले नै भन्नुभयो रे, उहाँलाई सिध्याउनेहरू पार्टीभित्रै भएको शङ्का छ रे । मदन भण्डारी पत्नी वर्तमान राष्ट्रपति स्वयंले हत्याको प्रमाण मेटिईसक्यो भन्नु भो रे । प्रधानमन्त्री केपी ओलीले चुपलाग्नु भो रे । यदि यो भनाइ सही हो भनें त पक्कै पनि यो काम ऊहाँको (जबज) को घाँडो नचाहनेहरूले नै गरे होलान् । यो कुरो मैले अनलाइन पत्रिकामा पढेको हूँ । म एमाले समर्थक नभए पनि मैले उहाँलाई ‘लाशको राजनीति गर्न अब छाड्नुस् नेताज्यू’सम्म भनेर आफ्नो वालमा स्टेटस पनि लेखें ।

    तेसैले के गर्नु मन्त्रीज्यू, दिवङ्गत नेताले भिराएको गह्रुङ्गो बहुदलीय घाँडो भिरेरै भए पनि जसरी हुन्छ अहिले लाई सकीनसकी काम त गर्नैपर्यो नि मन्त्रीज्यू ।

    दुई तिहाई छँदैछ, दुई तिहाईले संविधान संशोधन गर्न पाइहालिन्छ । माओवादीसितको सम्झौतामा ओझेलमा परिसकेको बहुदलीय नामको घाँडो सुस्त-सुस्त सुक्दै कि गल्दै जान्छ र अर्को चुनावसम्म पुग्दा नपुग्दै विपक्ष सफाचट भए भने तेसपछि आरामले चाहे अनुसार गर्न पाउनु हुनेछ । यो कार्यकाल समस्या बेहोरेरै पनि काम त गर्नै पर्यो मन्त्रीज्यू । हरि: ॐ तत् सत् ।

    0
    0
    Share

  • akash लेख्नुहुन्छ    |   २०७५ साउन २७ गते १८:२९

    अचेतन मन भित्र रहेको “सामन्ति र तानाशाही” सोच । यो सोच सवै नेपालीमा पाइन्छ तर चेतन अबस्थामा यस्लाई कसैले स्विकार्दैनन् यो राजनैतीक परिवेशमा त झनै डरलाग्दो अवस्थामा छ, कार्यकर्ता देखी श्रृष नेता सम्म र सबै दलहरूमा । ईति !

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this