Comments Add Comment

भदौ १ सम्म तामाकोशीको सेयर भर्न पाइने

काठमाडौंको तिनकुने स्थित सिद्धार्थ बैंक अगाडि सेयर आवेदनका लागि लामबद्ध दोलखाका स्थानीय ।

२४ साउन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयर आवेदन दिन पाउने म्याद शुक्रबार सकिदै छ ।

दोलखावासीका लागि निस्काशन गर्न लागेको साधारण सेयर भर्नेको भीड बढेपछि समय थप गरिएको छ । नेपाल धितोपत्र बोर्डले एक साता अर्थात आगामी भदौ १ गतेसम्मका लागि म्याद थप गरेको हो ।

यस अघि साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि तोकिएको थियो । राजधानीमा नै करीब दुई अर्ब बढीको आवेदन पर्ने अनुमान गरिएको छ । दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म मात्रै गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा पाँच गुणाभन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ । त्यो भनेको करीब रु पाँच अर्ब बराबरको आवेदन पर्ने देखिएको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्तसम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ । हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ ।

आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर बिक्री गरेपछि सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment