Comments Add Comment

सिवानीको ‘कही कतैँ’ रिलिज


यो हप्ता नेपाली चलचित्र बजारमा ३ नयाँ चलचित्र रिलिज भएका छन् । प्रचारमा राम्रैसँग उत्रिएको चलचित्र ‘कही कतैँ’ आजबाट रिलिज भएको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा , दिलिप रायमाझी, उमा बेबी, किशोर खतिवडा, सिवानी गिरी लगायतको मुख्य भूमिका छ ।

यही चलचित्रमार्फत सिवानीले रजतपटमा पाइला राखेकी छिन् । बाहिरी दुनियाँमा बोल्ड नायिका भनेर चिनिएकी सिवानी चलचित्रमा भने इनोसेन्ट भूमिकामा देखिएको बताउँछिन् । पारिवारिक कथामा यो चलचित्र निर्माण भएको छ ।

आजैबाट चलचित्र ‘टिनेज’ पनि रिलिज भएको छ । यस्तै, चलचित्र ‘पिरिम पर्‍या छन्’ पनि हलमा लागेको छ । यी दुबै चलचित्रको प्रचार छैन भन्दा पनि हुन्छ ।

चर्चामा खासै नरहेका यी चलचित्रका कारण गत हप्ता रिलिज भएको चलचित्र ‘कायरा’ले राम्रो शो पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment