मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

प्रधानमन्त्री भेट्न खोज्दा राजपा नेताले समय पाएनन्

Suzuki
अनलाइनखबर

फाइल फोटो

२५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको गुनासो गरेका छन् ।

संविधान संशोधन लगायत सरकार गठन हुँदा भएको ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा समय नपाएको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बताए ।

‘विगतमा हामी (राजपा)सँग भएको संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाका माग्न खोजिएको हो’, ठाकुरले अनलाइनखबरसँग भने, ‘हिजो बिहीबार भेट्ने हाम्रो निर्णय थियो तर, वालुटारबाट प्रधानमन्त्री व्यस्त रहेको भन्दै फोन आयो भेट हुन पाएन । आज कुनै खबर आएको छैन ।’

संविधान संशोधनलगायतका विषयमा ३ बुँदे सहमति गरेर राजपाले वर्तमान सरकारलाई सर्मथन गरेको थियो । सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबार अध्यक्षमण्डलको वैठकले बिहीबार नै प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम नै दिने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्रीको समय अभावका कारण राजपा नेताहरुसँग छलफल हुन नपाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शुक्रबार पनि राजपा नेताहरुसँग भेट्ने कार्यक्रम नरहेको जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महन्थ ठाकुर एक्लैलाई भेट्न प्रस्ताव गरेका थिए । तर ठाकुरले एक्लै नभई सामूहिक भेट गर्ने बताएपछि समय नमिलेको हो । यसअघि राजपा अध्यक्षमण्डलका संयोजक ठाकुरले गत मंगलबार प्रधानमन्त्री ओलीसँग एक्लै भेटेर छलफल गरेका थिए ।

‘मंगलबारको भेटमा पनि मैले विगतको सहमति कार्यान्वयन र समग्र मधेसको विकासको खाकाबारे प्रधानमन्त्रीसँग कुरा गरेको हुँ’, ठाकुरले भने, ‘जनकपुरमा मनिपाल अस्पताल निमार्णको काम रोकिएको छ । सडक विस्तार र गुणस्तरीय बनाउनुपर्ने छ । यसमा राज्यको ध्यान छैन । यस्ता विकास निमार्णका सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छु ।’

२०७५ साउन २५ गते १२:३८ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १२:५३

    देशभर ‘कांग्रेस’को हाल र,

    मधेसमा ‘राजपा’को अवस्था उस्तैनै हो,

    दुवै काम बिहिन भएका छन्,

    यस्तो अबस्थामा ‘प्रम’ले,

    उनीहरुलाई पनि सुनीदिएर,

    केहि हौसला दिंदा राम्रै होला l

    5
    2
    Share

  • KAMAL KANT SHARMA लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:०५

    Hahahaaa…….. aba Kathmandu me baithke apan apan juj pakad.

    5
    0
    Share

  • R_R लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १३:१५

    Hissa budi khissa daat…hahaha!!!!

    2
    0
    Share

  • एस कुमार दहाल लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १४:३५

    कस्ता लाज नभएका नेता मदेसले पायो । आफ्नो स्वार्थ पूर्ति गर्न र प्रधानमन्त्री लाई प्रभाव मा पार्न गर्ने कुराकानी होला जस्तो छ । विकास का कुरा यीनीहरुलाई के थाहा ।

    1
    0
    Share

  • Khamma Singh Darlami Magar, Bharshe, Gulmi लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १६:२७

    Good news

    1
    0
    Share

  • raj लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १६:५१

    o madhesi sachet hou KP oli medesh lai kahile n hereko x n herx feture ma,

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this