Comments Add Comment

अर्थमन्त्री खतिवडासँग इन्जाको अमेरिकामा अन्तरक्रिया

अमेरिका / अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा. युवराज खतिवडासँग अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)ले डिसीमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपाली दूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा आफ्नो भ्रमणको उदेश्यका बारेमा प्रकाश पार्दै अर्थमन्त्री डा. खडिवडाले नेपाल सरकारको आर्थिक नीतिका बारेमा सरोकारवाला दाताहरूसँग अन्तरक्रिया गरी प्राथमिकताका कार्यक्रमहरू र आवश्यक सहयोगको अनुरोध गरेको बताए ।

पत्रकारहरूले सोधेको प्रश्नमा डा .खतिवडाले अगाडि भने, ‘नेपालको दिगो विकासका लागि सहकार्य र सहयोग गर्दै आएको विश्व बैंकका पदाधिकारीहरूलाई प्रस्तावित नीति तथा कार्यक्रमहरूमा जानकारी गराइएको छ ।’

साथै, नेपाल सरकारको आर्थिक कार्यक्रम अनुरूप तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न नेपाल सरकारका तर्फबाट अनुरोध गरिएको अर्थ मन्त्री डा. खतिवडाले जानकारी गराए ।

तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी गराए ।

विश्व बैकसँग हिजो बुधवार सम्पन्न भएको बैठकले नेपालको लगानी सम्बन्धी ढाँचा पारित गर्ने र नेपाल र नेपालीका लागि सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए ।

कार्यक्रममा इन्जाका प्रमुख संरक्षक राम चन्द्र खरेलले अर्थमन्त्री डा. खतिवडालाई स्वागत गर्दै नेपाल र नेपाली जनताको हितमा इन्जाले सदैव आफ्नो सहयोग र सदभाव राख्ने बताए ।

इन्जाका सल्लाकार हरि अधिकारले नेपाल सरकारले जनताको जिवनस्तर उकास्नका लागि अपनाउनु पर्ने आधारभूत आर्थिक नीतिका बारेमा सुझाव पेश गरेका थिए ।

इन्जाका अध्यक्ष गुणराज लुइटेलले संस्थाको परिचय दिंदै विश्व भरी छरिएका नेपाली संचारकर्मीहरू लगायत सरोकारवाला संघ संस्थाहरूलाई आवश्यक सहयोग प्रदान गर्न पॉचै महासागरीय नेटवर्किङको काम सम्पन्न भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment