Comments Add Comment

सांगीतिक कार्यक्रमका लागि कोमल वली अस्ट्रेलिया, पारिश्रमिक एम्बुलेन्स किन्न सहयोग गर्ने

सिड्नी / नेपालीहरुको बाक्लो बस्ती रहेको सेन्ट जर्ज इलाकाको अलावा पार्कमा शनिबार दिउँसो हुने नेपाली मनोरन्जनात्मक तीज कार्यक्रममा सहभागी हुन नेपाली कलाकारहरु सिड्नी आइपुगेका छन् ।

नेपालको रास्ट्रिय सभा सदस्य रहेकी कोमल वलीसहितका कलाकारले शनिबार दिउँसो अलावा पार्कमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन ।

सिड्नीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सभासद वलीले भनिन – म भूमिकाले सभासद भएपनि कलाकारिता मेरो पेशा हो, म कलाकारिता भन्दा टाढा रहन सक्दिन ।

उनले आफू अहिले रास्ट्रियसभा स्थगित भएको अवस्थामा आफ्नो मन र मुटुमा रहेको अस्ट्रेलियामा सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएको बताइन ।

आफूले अहिले प्रवासमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता भएबापत प्राप्त गर्ने पारिश्रमिकबाट नेपालमा आकस्मिक स्वास्थ्य सेवा पु¥याउन एम्बुलेन्स किन्ने प्रक्रियामा रहेको बताइन् ।

शनिबारको सांस्कृतिक कार्यक्रमलार्इ सहयोग गरिरहेका ब्यवसायीहरुको तर्फबाट बिष्णु प्रभातले सभासद वलीको एम्बुलेन्स किन्ने अभियानमा आफूहरुको पनि सहभागिता हुने विचार व्यक्त गरे ।

शनिबारको कार्यक्रमको आयोजक सँस्था मायालुका बिष्णु सापकोटाले – नेपाली कला सस्कृतिको जगेर्नाको लागि आफूहरुले हरेक वर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्ने बताए ।

कार्यक्रममा भाग लिन गाएक खुमन अधिकारी, शान्तिश्री परियारलगायत अस्ट्रेलिया आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment