Comments Add Comment

बंगलादेशसँग ‘इनर्जी को-अपरेसन’ सम्बन्धी एमओयू


२५ साउन, काठमाडौं । नेपाल र बंगलादेशबीच ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको छ । विद्युत विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी यो एमओयू भएको हो ।

ऊर्जा मन्त्रालयमा शुक्रबार दुईपक्षीय वार्ता भएपछि ऊर्जामन्त्री मन्त्रीस्तरमा यस्तो एमअोयू भयो । एमओयूमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बंगलादेशी ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरे ।

समझदारीपत्रमा द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमार्फत क्षमता अभिवृद्धि गर्ने, विद्युत उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत विकासमा सहकार्य हुने विषय उल्लेख छन् ।

ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सह-सचिवस्तरीय संयन्त्र बनाउने पनि सहमति भएको छ ।

उद्योग मन्त्रालय स्रोतका अनुसार बंगलादेशले सुनकोशी-२ र सुनकोशी-३ मा लगानी गर्न बंगलादेश इच्छुक छ । यी दुई आयोजनाबाट १५ सय मेगावाटमाथि बिजुली उत्पादन हुन्छ ।

ऊर्जा समबद्ध अधिकारीले भने अब दुईदेशबीच समझदारी बन्ने संयन्त्रमा नै बंगलादेशलाई कुन-कुन आयोजना दिने भन्नेबारे छलफल हुनेछ ।

यस्तै दुईपक्षीय वार्तामा बंगलादेशले भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने माथिल्लो कर्णालीको बिजुली लैजान प्रयास गरिहरेको जानकारी दिएको छ । अब बंगलादेशलाई जीएमआरसँग बिजुली खरिदको सम्झौता गर्न पनि बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment