Comments Add Comment

उत्कृष्ट ६ वटा वनलाई सरकारले गर्‍यो नदगसहित सम्मान

२५ साउन, काठमाडौं । यस वर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार पाल्पास्थित अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले हात पार्न सफल भएको छ ।

सरकारले प्रदान गर्दै आएको एक लाख नगदसहितको पुरस्कार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाल्पास्थित अँधेरी छरछरे सामूदायिक वन उपभोक्ता समूहलाई प्रदान गरेका हुन् ।

सामूदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच ७५ हजार राशीको गणेशमान सिंह सामूदायिक वन दोस्रो राष्ट्रिय पुरस्कार अर्घाखाँचीस्थित धिरीखोला सामुदायिक वनलाई दिइएको छ ।

गणेशमान सिंह सामूदायिक वन तेस्रो राष्ट्रिय पुरस्कार भने कपिलबस्तुको विरपुर जनकल्याण सामूदायिक वन उपभोक्ता समितिले प्राप्त गरेको छ ।

त्यसैगरी कवुलियत वन प्रथम राष्ट्रिय पुरस्कार पाँचथरस्थित सितलपोखरी कवुलियति वन समूहलाई प्रदान गरिएको छ । ७५ हजार राशीको उक्त नगद पुरस्कार पनि मन्त्री बस्नेतले समूहलाई प्रदान गरे ।

त्यसैगरी ७५ हजार राशीको निजी वन प्रथम राष्ट्रिय पुरस्कार झापा गौरादहका दुर्गाप्रसाद प्रसाईंले प्राप्त गरेका छन् ।

यस वर्षको साझेदारी वन प्रथम राष्ट्रिय पुरस्कार कपिलबस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५५ हजार ५५५ रहेको छ ।

सरकारले यस वर्ष सामूदायिक वन पत्रकारिता पुरस्कार पत्रकारद्धय अब्दुल मियाँ र कोकिला भण्डारीलाई प्रदान गरेको छ ।

दुवैलाई २५ हजार नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले पुरस्कृत व्यक्तिहरुले मुलुकको आर्थिक- सामाजिक रुपान्तरणमा अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ । मन्त्री बस्नेतले सरकारले मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै जाने नीति लिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment