बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइयो : मन्त्री खनाल

Suzuki
अनलाइनखबर

फाइल फोटो

२५ साउन, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइएको बताएका छन् ।

उनले बाहिर चर्चा गरेजस्तो कर नबढाइएको दावी गरे । ‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्‍यो भनेर अफवाह फैलाइयो । तर, बाहिर अफवाह फैलाइएकोजस्तो कर बढाइएको छैन’ उनले भने ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाहमात्रै हो ।’

जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै मन्त्री खनालले यो पनि हल्ला भएको बताए । ‘४ विघाभन्दा बढी जग्गा राख्न नपाइने भनेर हल्ला फैलाइएछ । जबकी यो विषयमा सरकारले कहीँ कतै पनि बोलेको छैन ।’

उनले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महशुस हुने गरी राम्रो कामहरु गर्ने सुनाए । उनले भने, ‘हो, अहिले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । तर केही राम्रा कामको सुरुवात सबै मन्त्रालयहरुले गरेका छन् ।’

२०७५ साउन २५ गते १८:४२ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १८:५२

    तपाईकै नेता ‘कामरेड प्रचण्ड’ले,

    बिरगंजमा, ब्यबसायीहरुको कार्यक्रममा,

    सरकारले ‘करै,कर’लगाएर,

    २२से र २४से राज्यको झझल्को दिलाए भनेर बोलेको,

    BBC नेपाली सेवामा सुन्ने अबसर मिलेको थियो,

    केहि दिन मात्र अघि,

    अनि मन्त्रीजी हैन भन्नुहुन्छ ?

    0
    0
    Share

  • bikram poudel लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते १९:३८

    क्या राम्रो चुटकिला !!

    0
    0
    Share

  • lakhan लेख्नुहुन्छ    |   २०७५ साउन २५ गते २२:४१

    सरकार के मा tax कम छ वा गर्नु भएको छ आमउपभोक्ता लाई बजेट मा राहतका चार बस्तु बताए पुग छ

    0
    0
    Share

  • Sandip Chaudhary लेख्नुहुन्छ    |   २०७५ साउन २६ गते ९:३९

    Once you go to local bodies of Government of Nepal then you will know the facts.
    Compare the Tax rate of Goods and Services of Nepal and India then you will know the real facts.
    We can not hide the reality.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this