Comments Add Comment

मित्रता कहिले प्रेममा बदलियो थाहै भएनः अनु शाह

अन्ततः नायिका अनु शाहले फेसबुकमार्फत नायक सविन श्रेष्ठसँगको प्रेमसम्वन्ध स्वीकार गरिन् । लामो समयदेखि उनीहरुको प्रेमको चर्चा हुने गरे पनि दुवैले आफूहरु राम्रो साथी मात्र भएको बताइरहेका थिए ।

अहिले आएर किन उनीहरु खुल्न चाहे त ? यो प्रश्न सोध्दा अनुले दावी गरिन्, ‘वास्तवमा हाम्रो सम्वन्धका बारे पहिले हामी नै अस्पष्ट थियौं । भर्खर-भर्खर मात्रै यो सम्वन्धलाई प्रेमको रुपमा बुझेका हौं ।’

उनले अगाडि थपिन्, ‘मित्रता कहिले प्रेममा बदलिन्छ थाहै हुन्न रहेछ । निरन्तर एक-अर्कासँग नजिक हुँदा अन्ततः छुट्टनिै नसक्ने अवस्थामा पुग्यौं ।’

अनु र सविनको पहिलो भेट २०६८ सालमा भएको थियो । अनलाइनखबरका लागि फोटोसुट गराउने क्रममा बसुन्धरा पार्टी प्यालेसमा उनीहरु भेट भएका थिए । त्यो बेला दुवै जना फिल्म क्षेत्रमा आएको धेरै भएको थिएन ।

‘हामीलाई मिलाइदिएको तपाईंहरुले नै त हो नी,’ जिस्किदै अनुले भनिन् ।

यद्यपि, पहिलो भेटमा उनीहरुमा एक-अर्काप्रति विशेष भावना जागृत भएको भने होइन ।

‘पहिलोपटक भेट्दा खासै केही महसुस भएको थिएन,’ अनु भन्छिन्, ‘के थाहा, त्यही भेट हाम्रो जीवनको टर्निङ प्वाइन्ट बन्ला भन्ने ।’

त्यतिबेला सविनको आकर्षक जिउडाल र शालिन व्यक्तित्वलाई भने अनुले नोटिस गरेकी थिइन् । त्यसपछि उनीहरु विभिन्न फिल्मी कार्यक्रमहरुमा भेट हुन्थे । सामान्य हाई हेल्लो हुन्थ्यो ।

उनीहरुलाई नजिक ल्याउने काम गर्‍यो फिल्म ‘आदि बाटो’ ले । यसमा उनीहरु नायक-नायिकाका रुपमा आवद्ध भएका थिए । फिल्म खेल्ने क्रममा मित्रता झांगिदै गयो । एक-अर्काप्रति नजानिदो तरिकाले झुकाव बढ्दै गयो ।

‘उहाँको अन्डरस्ट्यान्डिङ र केयरिङ पर्सनालिटीले मलाई आकषिर्त गथ्र्यो । उहाँलाई पनि मप्रति तानिदै जानुभएको रहेछ,’ अनु भन्छिन् ।

तर, दुवैले एक-अर्कालाई ‘आई लभ यू’ भन्ने हिम्मत गर्न सकेनन् । न त टाढिन नै सके । चिया-कफी पिउने बहानामा भेट भइरहन्थे । टाढा डेटिङ जाने फुर्सद भने नमिलेको अनु बताउँछिन् ।

मिडियामा उनीहरुको विषयमा गसिप आउन थाले । फ्यानहरुले ‘तपाईंहरुको जोडी गजब छ’ भन्दै फुक्र्याउन थाले । त्यसले उनीहरुलाई कुत्कुति लगाउन थाल्यो ।

अनुलाई परिवारले सोध्न थाले, ‘के हो तिमीहरुको ?’

अनु जवाफ दिन्थिन्, ‘मिडियाले त जे पनि लेखिहाल्छन् नी । हामी साथी मात्र र्हौ  ।’ परिवारले पत्याइरहेका थिए ।

अझै पनि आफूले सविनसँगको सम्वन्धबारे परिवारसँग खुलेर कुरा नगरेको अनु बताउँछिन् ।

‘सायद अब कुरा गर्नुपर्ला,’ उनले भनिन् ।

अनुको घर चाबहिलमा छ भने सविनको कमलपोखरीमा । अहिलेसम्म एकपटक पनि एक-अर्काको घरमा नगएको अनुले बताइन् ।

प्रेम स्वीकार गरेपछि प्रश्न उब्जिन्छ, बिहे चाहिँ कहिले ? केही महिनाअगाडि अनलाइनखबरसँगको कुराकानीमा अनुले एक वर्षभित्र बिहे गर्ने बताएकी थिइन् । तर, अहिले कुरा फेरिन् ।

‘खोई, बिहेको योजना त बनाएकै छैन,’ अनु भन्छिन्, ‘अहिले त हामी एउटा प्रोजेक्टको तयारीमा छौं ।’

उनले यो प्रोजेक्टको विषयमा खुलेर त बताइनन् । तर, मिलेर फिल्म निर्माण गर्ने संकेत चाहिँ गरिन् । सविनको फिल्मी करिअर खासै उँभो लाग्न सकिरहेको छैन । उनले सिटी सेन्टरनेर मोबाइल शोरुम पनि चलाइरहेका छन् ।  अनु पनि फिल्मभन्दा म्युजिक भिडियोतिरै व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment