Comments Add Comment

बार्सिलोनाको कप्तान बने मेस्सी

२६ साउन, काठमाडौं । अर्जेन्टिनी स्टार लिओनल मेस्सी बार्सिलोनाको कप्तान घोषित भएका छन् ।

आन्द्रे इनिस्टाले सिजनको अन्त्यमा स्पेनिस क्लब छाडेका थिए । २२ वर्षसम्म बार्सिलोनामा रहेका उनी हालै मात्र जापानी क्लबमा अवद्ध भएका थिए ।

बार्सिलोनाले शुक्रबार मेस्सीलाई कप्तानको जिम्मेवारी दिएको हो । सर्जिओ बुस्केट उपकप्तान रहनेछन् । जेरार्ड पिके र सार्गी रोबर्टो तेस्रो र चौथो कप्तानको भूमिकामा हुनेछन् ।

चारै खेलाडी बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment