Comments Add Comment

जनताले चाँडै सरकारको नयाँ विकल्प खोज्छन्ः डा. भट्टराई

२६ साउन, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनताले चाँडै वर्तमान सरकारको नयाँ विकल्प खोज्ने बताएका छन् ।

सरकारले देश र जनताको पक्षमा काम नगरेको उनको आरोप छ । ‘देश र जनताको पक्षमा न नीति तथा कार्यक्रम आए, न बजेट आयो,’ उनले भने, ‘सरकारको असली चरित्र बुझ्न दुई/तीन बर्ष लाग्ला भनेको केही महिनामै छर्लङ्ग भयो ।’

कम्युनिष्ट र समाजवादको नाममा आफ्नै कार्यकर्ता पोस्ने काम मात्र गरेको उनले आरोप लगाए । ‘चुनावी लाभको लागि मात्र कम्युनिष्ट र समाजवादको भनेका हुन्, उनीहरुको खोल मात्र कम्युनिष्ट र समाजवाद हो, मुख्य लक्ष्य त आसेपासे पुजिँवादलाइ भरण पोषण गर्ने र आफ्नो कार्यकर्ता पोस्ने मात्र हो,’ भट्टराइले भने ।

बढ्दो महँगीको नियन्त्रण गर्न नसक्नुको पछाडि भष्टाचार र कालोबजारी रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराइले सुध्रन सरकारलाई आग्रह गरे । ‘अहिले पनि हाम्रो चाहना सुधार हुनुस् भन्ने हो तर, उहाँहरु सुध्रिने अवस्था छैन’ उनले भने ।

भट्टराईले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनले राजनीतिक शक्तिलाई राजनीतिक ढंगले व्यवहार गर्न आग्रह गरेका छन् । ‘विप्लवले राखेको सोच नराम्रो होला तर, राजनीतिक पार्टीको हैसियतले उनीहरुलाई व्यवहार गर्नुपर्छ । अपराधी जस्तो हतकडी लगाउनु राम्रो होइन’ उनले भने ।

कार्यकर्ता भेटघाटका लागि गोरखा आएका भट्टराइले गोरखा दरबारको निरिक्षण समेत गरेका छन् । भूकम्पले क्षति पुगेको दरबार पुननिर्माणमा ढिलाइ भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

इतिहास जोडिएकाले यसको ठुलो महत्व रहेको भन्दै विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि पहल गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment