Comments Add Comment

फराह खान भन्छिन्, ‘यसरी स्यहारसुसार गर्नुहोस् बच्चालाई’

अहिले आमाबुवा व्यस्त छन् । बढ्दो महंगीमा दुबै आयआर्जनको बाटोमा लाग्नैपर्छ । एकातिर एकल परिवार, त्यसमाथि दुबै श्रीमान् श्रीमति कामकाजी ।

यस्तो अवस्थामा छोराछोरीको ख्याल कसरी गर्ने ? कुन समयमा उनीहरुसँग खेल्ने ? कसरी समय निकाल्ने ?

यावत् प्रश्नले घेरिरहेको अवस्थामा फराह खानको अनुभव यहाँ उपयोगी हुनसक्छ । फराह खान बलिउडकी चर्चित कोरियोग्राफर तथा निर्देशक हुन् । उनी उमेरले ५२ बर्ष पार गरिसकिन् । अझ नजिकबाट चिनाउनु पर्दा फराह खान हनी ईरानीको भतिजी र निर्देशक साजिद खानको बहिनी हो । ‘जो जीता वही सिकन्दर’ फिल्म कोरियोग्राफरको रुपमा आफ्नो क्यारियर शुरु गरेकी फराह खान विन्दास स्वभावकै कारण बलिउडमा प्रख्यात छिन् ।

फराहले एकसाथ तीन जना बच्चालाई हुर्काएकी हुन् । एकातिर कामको व्यस्तता, अर्कोतिर बच्चाको लालनपालन । कसरी उनले दुबैतिर सन्तुलन मिलाइन् ?

अरु मानिसलाई एक जना बच्चा सम्हाल्न गाह्रो छ, तपाई ३ बच्चा कसरी सम्हाल्नु हुन्छ ?

पुरानो दिनहरु याद नदिएकै राम्रो । मेरा तीन बच्चा सम्हाल्न मैले रातरात भरी जागेर बिताएकी छु । जब छोरा चुप हुन्थ्यो तब छोरी रुन थाल्थ्यो । र, जब यी दुई सुत्थ्यो तब फेरी सानो छोरी रुन थाल्थ्यो ।

यस्तो व्यस्ततामा पनि बच्चालाई समय दिन भ्याउनुहुन्थ्यो ?

कामको साथसाथै बच्चालाई पनि समय दिने कोसिस गरिरहेको हुन्छु । बच्चाहरु सानो छँदा चुपचाप घरबाट निस्कन्थें । तर अब ड्रसिङ टेबलमा पुग्नसाथ तीनै जनाले  एकसाथ सोध्छ, ‘कहाँ जान लागेको र कहिले फर्किने भनेर ।’

कहिले यस्तो परिस्थिति आएको छ कि, एक बच्चा रोएको बेलामा उसको जुम्ल्यहा पनि रोएको ?

यस्तो फिल्ममा मात्र हुन्छ । मेरो तीनै बच्चाको अनुहार र स्वभाव अलगअलग छ । छोरा शान्त स्वभावको छ, सानो छोरी विन्दस छे र ठूलो छोरी अलि मतलबी छ । मेरो क्लास लिन्छ कहिलेकाही ।

तीन जनामा सानो ठुलोको कसरी निर्धारित गर्नुभयो छ ?

उनीहरु सबै १-१ मिनेटको फरक छ । जो पहिला भयो त्यो ठूलो जो पछि भयो त्यो सानो भयो ।

शिरीषसँगको भेट पछिको सबभन्दा ठुलो उपलब्धि के थियो ?

विवाह हुनु पूर्व यति मोटी थिईन । अहिले म मोटि भइसके । बच्चा हुनु नै मेरो लागि सबभन्दा ठूलो उपलब्धि हो ।

यति धेरै कामको लागि यति इनर्जी कहाँबाट ल्याउनु हुन्छ ?

नसोध्नुस यो कुरा, पहिला त खानको लागि मेहनत गरियो तर अहिले दर्शकहरुको मायाले । म खानमा धेरै सोखिन छु । केही समय अगाडी शुटिङ जाने बेलामा टिफिन ठुलो डब्बै लिएर जान्थे । धेरैलाई पुग्ने गरि । तर अहिले आफ्नो तौल नियन्त्रणको लागि शुटिङमा टिफिन लिएर जान्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment