Comments Add Comment

कप्तान र प्रशिक्षकद्धारा क्रिकेट मैदानको अवलोकन

क्रिकेट मैदानमा अभ्यास गर्दै पासर खड्का ।

 २७ साउन, पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहितको टोलीले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटका लागि पोखरा रंगशालामा मर्मतसम्भार भइरहेको क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

कप्तान पारस खड्का, उप कप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय टिमका क्रिकेट प्रशिक्षक जगत टमाटा लगायतको टोलीले मैदानको अवलोकन गरेका हुन् ।

आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म पोखरामा हुने पीपीपएल क्रिकेट प्रतियोगिताका लागि पोखरा रंगशालाको दक्षिणतर्फ रहेको क्रिकेट मैदानमा मर्मतसम्भारको काम भइरहेको छ । टोलीले क्रिकेट मैदानको मर्मतसम्भार सन्तोषजनक रुपमा भइरहेको निश्कर्ष निकालेको छ ।

कप्तान पारसले अहिलेसम्म भएको काम सन्तोषजनक भएको बताए । उनले भने, ‘अहिले जति काम भएको छ सन्तोषजनक छ, तीव्र रुपमा काम भइरहेको पायौं, कामप्रति हामी खुशी छौं ।’

अवलोकन टोली ।

दुईवटा पिच तयार भएको छ भने बाँकी दुई वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । आउटफिल्ड पनि फिनिसिङ गर्न बाँकी छ ।

माछापुच्छ्रेसहित हिमश्रृंखला हेर्दै क्रिकेट खेल्न पाउने भएकाले पोखरा नेपालकै सबैभन्दा राम्रो क्रिकेट गन्तव्य हुने पारसले बताए ।

पोखराको मैदानमा क्रिकेट खेल्न आफूहरु उत्साहित रहेको भन्दै उनले भने, ‘यो ठाउँमा खेलेर पोखरामा क्रिकेटको सम्भावना राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समुदायलाई देखाउन सफल हौं ।’

टि-ट्वान्टी फम्र्याटमा हुने प्रतियोगिताका लागि क्वीन्स ईभेन्ट म्यानेजमेन्ट प्रालिले मैदान निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment