Comments Add Comment

झापामा विद्युत सर्ट भएर आगलागी, २० लाखको धनमाल जल्यो

फाइल तस्वीर

२८ साउन, झापा । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ ।

दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए ।

आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले बताए । आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment