Comments Add Comment

यसकारण ‘रोजी’को गीतमा निलो कोट लगाइनः प्रदिप खड्का


लगातार आफूले काम गरेका चलचित्रका गीतमा निलो कोट लगाएर नाचेपछि नायक प्रदिप खड्कालाई लिएर ट्रोल नै बन्यो । कतिपयले त पैसा जति कमाएपनि नयाँ कपडा किन्न सकेनन् भनेर ट्रोल बनाए । सायद, यही भएर होला नायक खड्काले यसपटक चलचित्र ‘रोजी’को ‘फूल होइन’ बोलको गीतमा निलो कोट लगाएनन् ।

चलचित्र प्रचारका क्रममा पत्रकारसँग कुरा गर्दै प्रदिपले भने-‘खाली निलो कोट लगाएर नाच्यो भनेको भएर मैले यसपटक निलो कोट पनि लगाइएन ।’ प्रदिपले चलचित्रको सुरुवातमै क्लाइमेक्स आउने बताउँदै धेरै आशा गरेको सुनाए । उनले, यो चलचित्रको कथामा हरेक कलाकारले एकपटक काम गर्न चाहने समेत स्पष्ट पारे । यस्तै, नायिका मिरुना मगरले यो चलचित्रको जस्तो स्वाद यसअगाडि दर्शकले नपाएको बताइन् । नायिका परमिता आर एल राणाले यो चलचित्र गर्दा आफूलाई निकै खुशी लागेको बताइन् ।

निरक पौडेल निर्देशित यो चलचित्र भदौ २२ गतेबाट रिलिज हुँदैछ । आफ्नै प्रेमिका हत्या गरेको एक प्रेमीको कथामा यो चलचित्र बनेको छ । भदौ २२ गते नै रिलिज हुन लागेको अर्को चलचित्र ‘रामकहानी’को बिषयमा बोल्दै प्रदिपले फाइदा दुबै चलचित्रलाई हुने बताए । दुबै चलचित्रको चर्चा भएकाले पनि फाइदा हुने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment