+
+
Shares

न्यूयोर्कमा तीनजना नेपाली महिला सामाजिक अभियन्ता सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २८ गते १६:५८

न्यूयोर्क / न्यूयोर्कमा तीनजना नेपाली महिला सामाजिक अभियन्ताहरू सम्मानित भएका छन् ।

शेर्पा किदूग अमेरिकाद्वारा विश्वकै अग्रणी नारी बुद्धिस्ट लामा गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेको समुपस्थितिमा भएको ग्रिन तारा इम्पावरमेन्ट बुद्ध पूजा र आराधना समारोहमा डा. विष्णुमाया परियार, नर्वदा क्षेत्री र राजन विश्वकर्मा बुद्धिस्ट लामा गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोक्षेद्वारा सम्मानित भएका हुन्।

उक्त समारोहमा डा. विष्णुमाया परियारको जीवनगाथाबारे ‘अनटचेवल (अछूत)’ र मदर राजन विश्वकर्माद्वारा हेरचाह गरिएका अनाथ बालबालिकाबारे डकुमेण्ट्री प्रदर्शन गरिएकोछ ।

अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेभन फुलपकी डाईभर्सिटी एण्ड इन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियार को संस्था एड्वानले स्थापना काल सन् १९९८ देखि हालसम्म एड्वानको शैक्षिक कार्यक्रमबाट १५ हजार बढी बालबालिकाहरु लाभान्बित भएका छन् भने ‘महत्वाकांक्षी छात्राकोष’ बाट २३२ जना किशोरी विद्यार्थीहरुले कलेजस्तरको उच्च प्राबिधिक शिक्षा हाँशिल गर्न सफल भएका छन् ।

यो साल सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले ‘महत्वाकांक्षी छात्राकोष’ प्राप्त गर्ने घोषणा गरिएको छ । एड्वानले नेपालका बिपन्न र दलित समुदायका ५० हजारभन्दा बेशी महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित पुराउँदै आएको छ ।

न्यू योर्क शहरको कुइन्समा सकृय नेपाली महिलाहरूद्वारा नेतृत्व गरिएको ‘अधिकार’ कि नर्वदा क्षेत्रीको सबल नेतृत्वमा हजारौं महिलाहरू लाभान्वित भएका छन्।

त्यसैगरी, नेपाल डिप्राईभ्ड नोमेन एण्ड चिल्ड्रन अपलिफ्टमेण्ट सेण्टरबारे बृतचित्र पनि प्रदर्शन गरिएको थियो। मदर राजन विश्वकर्माद्वारा स्थापित सेण्टरले १०० भन्दा बढी अनाथ बालबालिकाहरूलाई सहयोग गरेकोछ भने हाल ८५ अनाथ बालबालिकाहरू सेण्टरको आफ्नै होष्टेल बसोवास र विद्यालयमा अध्ययनरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?