Comments Add Comment

संसदीय समितिका सभापति चयन भदौ ५ गते गरिने

२८ साउन, काठमाडौं । संसदका विषयगत समितिहरुका सभापति चयनका लागि भदौ ५ गते निर्वाचन हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले आगामी भदौ ५ गते बिहान ११ बजे निर्वाचन हुने जानकारी दिए ।

प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुको निर्वाचन सम्बन्धी सूचना सोमबार नै प्रकाशित हुने पनि सभामुख महराले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment