Comments Add Comment

बन्द गराउँदै हिँडेका विप्लव कार्यकर्ता कैलालीमा पक्राउ

२९ साउन, कैलाली । बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई पक्राउ गरेको हो ।

वलीले विहानै सुखडका बजारहरु बन्द गराउँदै हिँडेको भन्ने जानकारी आएपछि इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

आफ्ना प्रवक्ता खड्क विश्वकर्मा (प्रकाण्ड)लाई पक्राउ गरिएको विरोधमा विप्लव समूहले आज बन्द हाव्हान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment