Comments Add Comment

पर्वतको लस्तीबजार जोखिममा

३० साउन, पर्वत । लस्ती खोलामा आएको बाढीका कारण पर्वतको लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ ।

हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए । ‘दुवै वडाका १३१ घर बाढीबाट जोखिममा परेका छन्,’ उनले भने ।

साउन एक गते यहाँ पहिरो र बाढीका कारण एक जनाको मृत्यु भएको थियो भने तीन घाइते भएका थिए । विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

बस्ती संरक्षणका लागि दिगो योजनाको आवश्यकता रहेको जलजला–७ वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । तटबन्ध निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए ।

कटानका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक पनि जोखिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment