Comments Add Comment

माखेसाङ्लोः डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने सपना बुनेको युवक

सिड्नी / चितवनका घर भइ १० वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका गायक क्षितिज सापकोटाले ‘माखेसाङ्लो’ गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन्।

सापकोटाकै शब्द-संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।

दिप दाहालले सम्पादन गरेको उक्त भिडियोमा नग्मा श्रेष्ठ, पुष्प खड्कासँगै मिलन र बसन्तको पनि अभिनय रहेको छ।

हास्यप्रधान गीत ‘माखेसाङ्लो’ मा स्टाफ नर्स पढ्ने केटीलाई प्रेमजालमा पारी उसकै डिपेन्डेन्टमा अष्ट्रेलिया जाने सपना बोकेका युवाको कथा उतारिएको छ ।

यस्तो सपना साकार भए टन्न लोकल कुखुरा र वियरको पार्टी दिने र उता गएपछि आइफोनहरु पठाइदिने भन्दै भिडियोमा साथीहरुलाई सहयोग गर्न आग्रह गरिएको छ ।

२०६९ सालमा चितवन महोत्सवमा आधुनिक गीत लेखन विधामा प्रथम भएका गायक सापकोटाले पोर्चुगल, अस्ट्रेलिया नर्वे लगायतका देशमासमेत आफ्नो स्टेज प्रस्तुति दिएको बताए ।

एडलेडमा आयोजना हुने धेरै कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएका उनले कमेडी रोमान्च किसिमको गीतहरु गाउन र लेख्न मनपराउने बताए ।

उनले केही हप्ता अगाडि युवराज चौलागाईको स्वरमा सार्वजनिक भएको गीत ‘किराना पसलमा’समेत शब्द र संगीत भरेका थिए ।

समयको अभाव र आफ्नो क्षेत्रको टिमसमेत पाउन गाह्रो हुने हुँदा प्रवासबाट नेपाली संगीतमा काम गर्न केही चुनौती पूर्ण रहेको सापकोटा बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment