Comments Add Comment

‘रोजी’मा प्रदिपको चार चरित्र


भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोजी’मा नायक प्रदिप खड्काको ४ चरित्र रहेको निर्माणपक्षले जानकारी दिएको छ । सार्वजनिक ४ फरक चरित्रले प्रदिपको अभिनयमा विविधतालाई झल्काएको छ । सार्वजनिक भएका प्रदिपका ४ फरक मुडमा उनको मनस्थिती र मनोदशालाई देखाइएको छ । |

पहिलोमा उनी सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधी टाइपको देखिएका छन् । प्रदिपले भने-‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र पनि हो ।

प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश छन् ।’ निरक पौडेलले निर्देशन गरेको यो चलचित्रले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढावलाई देखाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment