
३० साउन, काठमाडौं । नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते भएका छन् ।
सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।