Comments Add Comment

अब्बल कलाकारलाई ५ मिनेट भूमिका दिएपनि दर्शकले नोटिस गर्छन्ः प्रियंका


चलचित्र ‘शत्रु गते’ रिलिज भएपछि यसकी मुख्य नायिका आँचल शर्माले हुलमुलमा काम गर्दा आफू ओझेलमा परेको बताइन् । उनले, अब आफूले सोलो भूमिकाका लागि अफर आएको खण्डमा मात्र काम गर्ने खुलाइन् ।
तर, आँचलको भनाइलाई नायिका प्रियंका कार्कीले खण्डन गरेकी छिन् । प्रियंकाले भनिन्-‘म सबैको विचारलाई सम्मान गर्छु ।

तर, एउटा अब्बल कलाकारलाई ५० जनाको टिममा ५ मिनेट मात्र भूमिका दिएपनि उसलाई दर्शकले नोटिस गर्छन् ।’ प्रियंकाले आफूले राम्रो काम गर्न सकेको खण्डमा भूमिका लामो र छोटोले केही फरक नपार्ने बताइन् । यसका लागि सबैभन्दा पहिले आफूले आफूलाई विश्वास गर्नुपर्ने उनको भनाई थियो । चलचित्रभरी रोल भएर नराम्रो गर्ने हो भने त्यसको कुनै अर्थ नरहने नायिका कार्कीको भनाई थियो । ‘शत्रु गते’मा नायिका कार्कीले पनि काम गरेकी थिइन् ।

नायिका बर्षा राउत पनि धेरै कलाकार भएको चलचित्रमा काम गर्न रुचाउँछिन् । उनले पनि एउटा राम्रो ब्यानरमा राम्रो भूमिका हुँदा कति जना कलाकार छन् भनेर नहेर्ने खुलाइन् । आफ्नो भूमिका राम्रो छ र आफूले त्यो भूमिकालाई निर्वाहा गर्न सक्छु जस्तो लागेको खण्डमा काम गर्दा केही फरक नपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment