Comments Add Comment

प्रचण्ड पहिलो पटक दोरम्बा आए, भने : यो वलिदानी भुल्न सकिदैन

३१ साउन, रामेछाप । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रामेछापको दोरम्बा आएका छन् । दोरम्बा स्मृति दिवसको अवसर पारेर आएका प्रचण्डले नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् ।

नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर शहीदहरुले गरेको वलिदान बिर्सन नसकिने उनले बताए ।

दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भन्दै उनले शहीदहरुले देखाएको बाटोमा नेपाल कम्युनिस्ट पार्टी सधैं लागि रहने बताए । उनले दोरम्बा हत्या काण्ड तत्कालीन दरबारको ठाडो इशारामा भएको समेत आरोप लगाए ।

कार्यक्रममा दोरम्बा घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रचण्डले सम्मानसमेत गरेका थिए । २०६० साल साउन ३२ गते युद्धविराम भएको बेला तत्कालीन राज्य पक्षले माओवादी पार्टीको बैठक भइरहेको स्थानमा घेरा हाली २ जनाको घटनास्थलमा नै र १९ जनालाई घटनास्थलबाट १ घण्टा टाढा लगि गोली हानी हत्या गरेको थियो ।

सो घटनामा माओवादीका जिल्ला जनसरकार प्रमुख सहित जिल्लाका उच्च नेताहरुसमेत मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment