Comments Add Comment

रोनाल्डोले सिरी एको पुरानो साख फर्काउलान् ?


१ भदौ, काठमाडौं । सिरी एमा कहिले पनि वान म्यान शो चल्दैन र यो क्रिस्टियानो रोनाल्डोका बारेमा मात्रै पनि होइन । यद्यपि, युभेन्टसमा उनको आगमनसँगै एक बल पनि नहिर्काइएको अवस्थामा एक किसिमको तरंग आइसकेको छ ।

पाँच पटक बालोन डि’ओर जितेका ३३ वर्षीय रोनाल्डो बितेको दशकका दुई उत्कृष्टमध्ये एक खेलाडी हुन् । उनी विश्वकै लोकप्रियमध्येमा पर्छन् । सामाजिक सञ्जालका प्लेटफर्ममा उनका ३१ करोड ३० लाखभन्दा बढी फलोअर्स छन् । र, यस्तो लाग्छ कि उनले आफ्नो ध्यान सिरी एतर्फ मोडिसकेका छन् ।

‘अन्ततः विश्वले इटालियन लिगको विषयमा पनि चर्चा गर्न थालेको छ’ ला गाज्जेट्टा डेल्लो स्पोर्टमा फाबियो क्यापेल्लोले भने, ‘८० र ९० को दशकमा हामी उच्च तहमा खेलिरहेका थियौं । त्यसपछि हामीले आफ्नो बाटो भुल्यौं र पूर्वाधारमा लगानी गर्न असमर्थ भयौं ।’

उनले रोनाल्डोको आगमनसँगै आफूहरुको आत्मविश्वास बढेको बताए । तर, यति मात्रै पर्याप्त नहुने उनको भनाइ छ ।

‘रोनाल्डोबाट बढीभन्दा बढी फाइदा लिनको लागि हामी सबैले आफ्नो क्षमता बढाउनुपर्छ ।’

रोनाल्डो ९९.२ मिलियन पाउन्डको सम्झौता गर्दै युभेन्टसमा आएका हुन्, जसबाट उनलाई वार्षिक २७.७ मिलियन पाउन्ड आम्दानी हुन्छ ।

‘सन् २००३ मा हामी उत्कृष्ट फर्ममा थियौं । च्याम्पियन्स लिगको फाइनलमा हाम्रा दुई टिम पुगेका थिए,’ जुभेन्टसका पूर्व म्यानेजर क्लउडिओ रायिनरीले भने, ‘ती दिनहरुमा फर्किन हामीलाई निकै मिहिनेत चाहिन्छ ।’

यता, रोनाल्डो युभेन्टसमा आएलगत्तै सिरी ए बाट उनले फाइदा लिन सक्लान्, नसक्लान् भन्ने विषयमा बहस पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment