Comments Add Comment

गुल्मी प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

३ भदौ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठगी मुद्दामा फरार अभियुक्त घनश्याम अर्याललाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका- १० सिमीचौर निवासी ३८ वर्षीय अर्याललाई उनकै घरबाट पक्राउ गरिएको हो ।

अर्यालललाई काठमाडौं जिल्ला अदालतले ०७४ फागुन २१ गते ठगी मुद्दामा २ वर्ष कैद र ७४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर उनी फरार थिए ।

अर्याललाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निक्षक शिबबहादुर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment