Comments Add Comment

अष्ट्रेलियामा ‘बाँध माया’लेको प्रिमियर


असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘बाँध मायाले’को प्रिमियर अष्ट्रेलियामा सम्पन्न भएको छ । अगष्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर आयोजना गरिएको हो । चलचित्रको यो शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए ।

चलचित्रका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् । आइतबार पनि यो चलचित्रको शो अष्ट्रेलियामा हुँदैछ । सो शोमा पनि नायक अधिकारी सहभागी हुनेछन् । आर्यनले चलचित्रको शोबाट पाएको प्रतिक्रियाले आफूलाई हौसला मिलेको बताए । अगष्ट २८ मा चलचित्रको शो अमेरिकामा पनि शो आयोजना हुनेछ ।

सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, रविन्द्र प्रताप सेन, राजाराम पौडेल, विशाल चाम्लिङ लगायतका कलाकारको मुख्य भूमिका छ । रामहरि धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माणमा तयार भएको चलचित्रका सह-निर्माता महेन्द्र अधिकारी र केदार धिताल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment