Comments Add Comment

पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा पाण्डे

३ भदौ, पोखरा । पोखरेली होटल व्यवसायीहरुको संगठन पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा हरिप्रसाद पाण्डे चयन भएका छन् ।

समितिको सातौं साधारण सभा तथा चौथो अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको अध्यक्षमा पाण्डेबाहेक अन्यको उम्मेदवारी नपरेपनि उपाध्यक्ष र सदस्यमा आकांक्षी धेरै भएपछि शनिबार राति अबेरसम्म छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

उपाध्यक्ष र सदस्यका अन्य आकांक्षीले अन्तिममा उम्मेदवारी फिर्ता लिएपछि सम्पूर्ण नेतृत्व सर्वसम्मत भएका हुन् ।

समितिको बरिष्ठ उपाध्यक्षमा बालकृष्ण निउरे, उपाध्यक्षमा सूर्यबहादुर तुलाचन, महासचिवमा महेश ज्ञवाली, सचिवमा एकराज गिरी, कोषाध्यक्षमा अमृत घिमिरे र सहकोषाध्यक्षमा ऋषीराम पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सूर्य मिश्री, तारा गुरुङ, सुनिता पौडेल, राजु सुनार, प्रेमप्रसाद न्यौपाने, बिजय कुँवर, मोतीप्रसाद श्रेष्ठ, बिदुर गिरी र जीवन भण्डारी चयन भएका छन् ।

यसैबीच, अध्यक्षमा नवनिर्वाचित पाण्डेले समितिले होटल व्यवसायलाई स्वस्थ र मर्यादित बनाउने उद्घोष गरे । उनले पोखरामा चौविसै घण्टा होटल खोल्न पाउने वातावरण निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसअघि समितिको अधिवेशनको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment