Comments Add Comment

‘नाई नभन्नु ल ५’ मेकरलाई ब्रान्ड, ट्रेलर र बिदाको भर


निर्देशक विकासराज आचार्य यसपटक चलचित्र ‘नाई नभन्नु ल ५’लाई लिएर आत्मविश्वासी देखिएका छन् । चलचित्र रिलिज हुन एक साता पनि बाँकी नरहेको अवस्थामा विकासले प्रचारलाई त्यती तताएका छैनन् । अरु चलचित्रका निर्माताले मोफसल टुर, मिडिया क्याम्पिएनदेखि थुप्रै गतिविधी गरिरहँदा विकास यतातर्फ खासै ध्यान दिन आवश्यक ठान्दैनन् ।

यसपटक विकासलाई चलचित्रलाई लिएर धेरै नै विश्वास छ । यसको पछाडि केही कारणहरु छन् । चलचित्रको नाम आफैमा ब्रान्ड बनिसकेको छ । यो चलचित्रका अघिल्ला ४ श्रृङ्खलालाई दर्शकले मन पराएका थिए । यसैले, पाँचौमा यसको निर्माणपक्ष आत्मविश्वासी देखिएको हुनसक्छ ।

अर्कोतिर, चलचित्रको ट्रेलर युटुबमा हिट छ । ट्रेलरलाई २५ लाख भन्दा बढी पटक युटुबमा हेरिएकाले पनि दर्शक हलसम्म ओइरिने विश्वास यसका निर्मातालाई छ । चलचित्र रिलिज भएको साता सार्वजनिक बिदा परेको छ । जसको फाइदा चलचित्रलाई पर्नेमा यसको निर्माणपक्ष ढुक्क छ ।

साथमा, चलचित्रमा प्रियंका कार्की, स्वस्तिमा खड्का, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल लगायतका कलाकार छन् । कलाकारको बाहुल्यताले पनि दर्शक हलसम्म आउने विश्वास गरिएको छ । यी विभिन्न कारणले यसपटक यसका निर्माता पहिले जस्तो प्रचारमा आक्रामक छैनन् । निर्माताको विभिन्न फ्याक्टरलाई लिएर जुन आत्मविश्वास देखिएको छ, त्यसले फाइदा गर्ला कि घाटा ? भाद्र ८ गतेको इनिसियल व्यापारले देखाउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment