+
+

पाकिस्तान, श्रीलंका र म्यानमार उडाउन थप दुई न्यारोबडी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते २०:१७

३ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगम -नेपाल एयलाइन्स)ले थप दुई वटा न्यारोबडी एयरबस जहाज खरिद गर्न व्यवसायिक योजना तयार गरेको छ । सञ्चालक समितिबाट सैद्दान्तिक स्वीकृति लिएर निगमले आफ्नो ‘बिजनेश प्लान’ पर्यटन मन्त्रालयका पेश गरेको छ ।

निगमले यसअघि नै २ वटा न्यारोबडी र दुई वटा वाइडबडी विमान भित्र्याएको थियो । अब पाकिस्तान, माल्दिभ्स, श्रीलंका, म्यानमार लगायतका दशेमा उडान भर्ने योजनाकासाथ निगमले नयाँ न्यारोबडी किन्ने प्रस्ताव ल्याएको हो ।

निगमसँग अहिले एउटा बोइङ छ, जुन लिलामीको प्रक्रियामा अघि बढेको छ । नेपाल एयरलाइन्सले एयरलाइन्सले अहिले भारतका दिल्ली, मुम्बई, बैंगलोरदेखि लिएर बैंकक, क्वालालम्पुर, दोहा, हङकङ र दुवईमा समेत उडान भरिरहेको छ । निगम अब जापान र कोरियामा पनि उडान सुरु गर्ने योजनामा छ ।

निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले छिमेकी मुलुकमा उडान भर्ने लक्ष्य अनुसार नयाा न्यारोबडी विमान किन्न लागिएको बताए । ती देशबाट सेवा विस्तारका लागि आग्रह हुँदै आएकाले व्यवसायिक सम्भावना देखेरै नयाँ योजना बनाइएको उनले बताए ।

‘विमान किन्नु भन्दा पहिले नै ब्राण्ड तोकिएको भनेर प्रश्न उठ्ने गरेको छ । आवश्यकताअनुसार ब्राण्ड तोकेरै खरिद अघि चलाउने चलन विश्वभर नैछ । यसले खरिद प्रक्रिया मिचिएको पनि मानिँदैन,’ कंशाकारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?