Comments Add Comment

प्रदिपको मोफसल कनेक्शन


यूवा स्टार नायक प्रदिप खड्काको मोफसल कनेक्शन गज्जबकै छ । उनी, आफ्ना हरेक चलचित्रको प्रमोशनका क्रममा मोफसल दौडमा पुग्छन् । ‘प्रेमगीत २, लिलिबिली’को लागि मोफसलका विभिन्न शहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका प्रदिप अब चलचित्र ‘रोज’को प्रमोशनका लागि पनि काठमाण्डौ बाहिर पुग्ने भएका छन् । विभिन्न ८ शहरमा चलचित्रको टुर हुने निर्माणपक्षले बताएको छ ।

मोफसलको ठूलो फिल्म बजार मानिने पोखरादेखि टुर सुरु हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ ।

१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने बताइएको छ । नायक प्रदिप खड्का र गायक प्रताप दास यो टुरमा सहभागी हुनेछन् । निरक पौडेलले निर्देशन गरेको यो चलचित्रमा परमिता आर एल राणा र मिरुना मगर मुख्य भूमिकामा छन् । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले मिलेर बनाएको यो चलचित्र भदौ २२ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment