+
+
Shares

‘गोजीमा दाम छैन’ भन्दै आयुष्मानलाई जिस्काउँदै प्रियंका(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते १७:४५


कात्तिक १६ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘चङ्गाचेट’को पहिलो गीत सार्वजनिक गरिएको छ । भदौ १५ गतेलाई यसअघि प्रदर्शन मिति तय गरिएतापनि चलचित्र तयार हुन नसकेपछि कात्तिक १६ लाई प्रदर्शन मिति तय गरिएको हो । ‘गोजीमा दाम छैन’ बोलको गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो । प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको यो गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर, राजनराजको संगीत तथा हरिहर तिमिल्सिनाको शब्द छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको यो भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । चलचित्रमा दिर्घ खड्काको सम्पादन, निरज कँडेलको छायांकन छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र परमिता आर एल राणालाई फिचरिङ गरिएको छ ।

चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । माधव वाग्ले र शर्मिला पाण्डेको चलचित्रमा लगानी छ । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक खनालले डार्क कमेडी कथामा यो सिनेमा बनाएको बताए । उनले भने-‘चलचित्रले रमाइलो शैलीमा वेरोजगारहरुको कथालाई उठान गरेको छ । चलचित्रले एउटा गतिलो सन्देश समेत दिने उनको भनाई थियो । चलचित्रमा काम गर्दा निकै रमाइलो भएका पत्रकार सम्मेलनमा कलाकारहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?