+
+
Shares

सुर्खेतको क्षेत्रीय अस्पतालमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते १८:२६

४ भदौ, सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा सोमबार अपराह्न आगलागी भएको छ ।

अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ ।

आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए । उनका अनुसार आगलागीबाट १२ लाखको जेनेरेटरमा क्षति भएको छ ।

आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?