Comments Add Comment

चिनियाँ ऋणको रेल परियोजना रद्द गर्ने महाथिरको घोषणा

५ भदौ, काठमाडौं । मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले चिनियाँ ऋणमा बनाउने भनिएको पूर्वी तटीय रेल लिंक र दुई ग्यास पाइपलाइन परियोजना रद्द भएको घोषणा गरेका छन् । मलेसियाको आर्थिक अवस्थाका कारण यो परियोजना अघि नबढाइने उनले बताए ।

पाँच दिने चीन भ्रमणको अन्तिममा आयोजित पत्रकार सम्मेलनमा मलेसियाका प्रधानमन्त्री महाथिरले भने, ‘चीनले हाम्रो समस्या बुझ्यो र सहमति भयो ।’

सहमति रद्ध गर्दा क्षतिपूर्ति तिर्नुपर्ने भए तिर्ने भन्दै उनले भने, ‘हामी यो परियोजनाबाट बाहिर आउने तरिका खोज्छौं । यो हाम्रै मानिसहरुको खुर्मताले भएको हो ।’

पूर्वी तटीय रेल लिंक २० बिलियन डलर र ग्यास पाइप लाइन परियोजना २ बिलियनको परियोजना हो । यसका लागि चिनियाँ एक्जिम बैंकले ऋण दिने सहमति भएको थियो ।

प्रधानमन्त्री महाथिरले भने सरकारको प्राथमिकता ऋण कम गर्नु भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment