Comments Add Comment

सांसदले भने : नेपालमै हुने उपचारका लागि विदेश जानेलाई पैसा नदिऔं

५ भदौ, काठमाडौं । सत्तारुढ र विपक्षी सांसदहरुले नेपालमै सम्भव हुने उपचारका लागि विदेश जाँदा नेताहरुलाई उपचार खर्च नदिन व्यवस्था गर्न माग गरेका छन् ।

जनस्वास्थ्य सेवा विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमखु विपक्षी कांग्रेसका सांसदहरुले उपचार खर्चमा कडाइ गर्न माग गरेका हुन् ।

पूर्वस्वास्थ्यमन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले नेपालमै हुने उपचारका लागि पनि विदेश गएको अवस्थामा राज्यले एक रुपयाँमा पनि दिन नहुने प्रावधान विधेयकमा थप्नुपर्ने बताए । ‘विदेशमा उपचार गर्ने सन्दर्भमा केही बुँदा राखेर थप दफाहरुको व्यवस्था गर्नैपर्छ’ उनले भनेका छन् ।

सुशील कोइराला प्रधानमन्त्री अधिकारी स्वास्थ्यमन्त्री थिए । त्यसबेला उनले स्वास्थ्य मन्त्रालयको सिफारिसमा १५ लाखसम्म उपचार खर्च दिने कार्यविधि बनाएका थिए । तर, मन्त्रिपरिषद्ले थप निर्णय गरेर उपचार गर्न दिन सक्ने व्यवस्था थियो ।

त्यही बुँदालाई टेकेर पहुँचवालाले लाखौं उपचार खर्च लिए । सांसद अधिकारीले भने, ‘नेपालमा उपचार हुन सक्ने विषयहरुको उपचार यहीँ हुन्छ र बाहिर कोही जान्छ भने स्वेच्छाले जान्छ । त्यसको लागि सरकारले एक रुपयाँ पनि नर्तिने कुरा उल्लेख गरिनुपर्छ र कानुनलाई प्रगतिशील बनाइनुपर्छ ।’

कांग्रेस सांसद गगन थापाले पनि नेपालमा सम्भव हुने उपचारका लागि विदेश जाँदा राज्यले उपचार खर्च नदिने व्यवस्था विधेयकमै गर्न माग गरेका छन् । जतिसुकै विशिष्ट होस्, उपचारका लागि विदेश जाने हो भने आफ्नै घरखेत राखेर जानुपर्छ’ एवं पूर्वस्वास्थ्यमन्त्री थापाले भने, ‘यो ऐनमा प्रष्ट व्यवस्था गरौं ।’

प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्री रहेका थापाको पालामा स्वास्थ्य मन्त्रालयबाट लगेको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि कार्यविधि अनुसार मात्र रकम दिन सक्ने व्यवस्था गरे । यसअनुसार १५ लाख मात्र उपचार खर्च पाइन्छ ।

तर, स्वास्थ्य मन्त्रालयको सट्टा अरु नै मन्त्रालयबाट प्रस्ताव लैजाने र सीमा भन्दा बढी रकम दिने क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment