Comments Add Comment

बालगोपाललाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी

६ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई अध्यागमनले नेपाल आउन रोक लगाएपछि एन्फाले बालगोपाललाई कार्यबाहक जिम्मेवारी लिएको हो ।

सन् २०१६ को मार्चबाट नेपालको राष्ट्रिय टिम सम्हाल्दै आएका कोजीको श्रम स्वीकृति सकिएपछि पनि काम गर्दै आएकाले नेपाल प्रवेशमा एक वर्षको प्रतिबन्ध लागेको थियो ।

एन्फाले भने कोजीको नेपालमा भिसाको समस्या भएको बताएको छ । ‘प्रशिक्षण र अन्य कुराका लागि पनि कोजीले नेपाल आएर टोली सम्हाल्ने वातावरण भएन । हामीले इन्डोनेसियाको खेललाई पनि राम्ररी नै विश्लेषण गरेपछि नयाँ निर्णय गरेका हौं’ एन्फा प्रवक्ता किरण राईले भने ।

इन्डोनेसियामा २३ वर्षमुनिको टोली सम्हालेका उनी अब नेपाल फर्कने छैनन् । उनलाईसाफ च्याम्पियनसिपका लागि सिधै बंगलादेश पठाउने भनिएपनि त्यसबारे कुनै निर्णय भएको छैन ।

साफ च्याम्पियनसिप सेप्टेम्बर ४ देखि बंगलादेशमा आयोजना हुँदै छ । जसमा नेपाल भुटान, बंगलादेश र पाकिस्तानसँगै समूह ‘ए’ मा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment