Comments Add Comment

साेलाे हिरोइन हुँदा आँचल हिट भइन् कि फ्लप ?


चलचित्र ‘शत्रुगते’मा काम गर्दा आफूलाई घाटा भएको आसयको भनाई नायिका आँचल शर्माले व्यक्त गरेकी थिइन् । हुलमुलमा चलचित्र खेल्दा दर्शकले आफूलाई नोटिस नगर्ने भन्दै उनले सोलो सिनेमा कुरेर बसेको पनि बताइन् । आँचलको हातमा अब चलचित्र छैन । उनलाई सोलो हिरोइन बनाउन को तयार होला, प्रतिक्षा गरौ ।

तर, भदौ १ गते रिलिज भएको चलचित्र ‘ब्ल्याक’मा आँचल हाबी थिइन् । सिनेमामा उनलाई अवरोध गर्ने कोही थिएन । उनी सोलो हिरोइन बनिन् । सिनेमा भरी उनी नै उनी देखिएकी थिइन् ।। दर्शकले उनलाई २ घन्टा नै फिल्ममा हेरे । तर, फाइदा के त ?

‘ब्ल्याक’मा सोलो हिरोइन बनेर काम गर्दा आँचललाई कस-कसले नोटिस गरे होलान् ? समिक्षकले राम्रो काम भनेर समिक्षा गरेको पनि सुनिएन । बरु, यो सिनेमा चल्दै गर्दा उनको स्टाटस र अभिनेत्री पूजा शर्मासँग जोडिएर चर्चाब बढी भयो । दर्शकलाई आँचलले ‘शत्रुगते’मा काम गरेकी छिन् भन्ने थाहा छ, तर ‘ब्ल्याक’को बारेमा धेरै दर्शक अनविज्ञ छन् ।

शनिबार गोपिकृष्ण हलमा ७ वटा सिनेमा हेर्न आएका दर्शकको विचमा आँचलले सेल्फी खिचाइन् । यो सेल्फी उनले ‘जोनी जेन्टलम्यान, शत्रुगते’ रिलिजको बेला पनि खिचाएकी थिइन् । यसैलाई मात्र हिट भन्न नमिल्ला । हुलमुलमा चलचित्र खेल्दा घाटा लाग्यो भनेर सिंगल चलचित्र खोजेकी आँचललाई ‘ब्ल्याक’ले कुनै फाइदा गरेन ।

नायिका पि्रयंका कार्कीले भनेजस्तै, अभिनय राम्रो गर्न सक्यो भने ५० जना कलाकारको विचमा ५ मिनेट देखिदा पनि दर्शकले नोटिस गर्छन् भनेजस्तै आँचललाई पनि त्यस्तै भयो । अब आँचलले सोलो नायिका भन्दा पनि आफ्नो काममा सुधार गर्लिन कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment