+
+
Shares

एनआरएनको मध्यपूर्वी भेलामा सहभागी हुन खानेपानीमन्त्री मगर युएईमा

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १५:१३


युएई । खानेपानीमन्त्री बिना मगर युएई आएकी छिन् । भदौ ८ र ९ गते युएईको दुवई राज्यमा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वीयको छैठौँ क्षेत्रीय भेलामा सहभागी हुन मन्त्री मगर बुधबार राती युएई आइपुगेकी हुन् ।

मन्त्री मगरलाई युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँल, एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

भेलालाई मन्त्री मगरसहित पूर्व श्रममन्त्री रमेश लेखक लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

मध्यपूर्व भेलासँगै मन्त्री मगरले यूएईमा रहेका नेपाली श्रमिकसँग छुट्टै भेटघाट गर्ने कार्यक्रम समेत रहेको उनको सचिवालयले अनलाइनखबरलाई बतायो । मन्त्री भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो ।

सम्मेलनमा सहभागी हुन पुर्वश्रममन्त्री रमेश लेखक एनआरएनए सचिवालय हेमन्त दवाडी, एनआरएनए मध्यपुर्व संयोजक आरके शर्मा, उपसंयोजक प्रबिण गुरुङ लगायतको टोली मंगलबारै युएई आइपुगेको एनआरएन युएई अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस्तै, कार्यक्रममा युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँल, श्रम मन्त्रालयका उपसचिव विपिन आचार्य, एनआरएनका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष भवन भट्ट लगायतको उपस्थिती रहने गैर आवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय समितिका उपसंयोजक गोपाल कँडेलले बताए ।

मध्यपूर्वका १२ देशका राष्ट्रिय समन्वय कमिटी (एनसीसी) तथा अन्तरराष्ट्रिय समन्वय समिति (आइसीसी) का प्रतिनिधिहरुको सहभागितामा हुन लागेको भेलाले मध्यपूर्वमा रहेका नेपाली कामदारका विभिन्न समस्यामा सरोकारवाला निकायसँग छलफल तथा समस्या समाधानका उपाय खोज्ने छ ।

एनआरएनले हरेक दुई वर्षमा विभिन्न क्षेत्रीय समितिहरुको भेला गर्दै आएको छ । २०१६ को पाँचौं भेला कतारको दोहामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?