Comments Add Comment

अनलाइनखबरका पोखरा सम्वाददाता सन्देश श्रेष्ठ पुरस्कृत

७ भदौ, पोखरा । अनलाइनखबर डटकमका पोखरा सम्वाददाता सन्देश श्रेष्ठ बिहीबार पुरस्कृत भएका छन् । पोखरा महानगरपालिका १८ स्थित बालकल्याण संस्थाले श्रेष्ठसहित पाँच जनालाई पुरस्कृत र सम्मान गरेको हो ।

बाल कल्याण संस्थाद्वारा स्थापित ‘प्रथम विशिष्ट बाल कल्याण पत्रकारिता पुरस्कार’बाट श्रेष्ठलाई पुरस्कृत गरियो । उनलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सांसद गायत्री गुरुङ (कुसुम), बाल कल्याण संस्थाका अध्यक्ष इन्दिरा सापकोटालगायतले नगद ६ हजार १ सय रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् । श्रेष्ठ रेडियो अन्नपूर्णका वरिष्ठ सम्वाददाता पनि हुन् । उनी यसै हप्ता पृथ्वी पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत भएका थिए ।

कार्यक्रममा पत्रकार बिनाकुमारी थापा मगर -विनु)लाई बालिका बाल कल्याण पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उनलाई नगद ३ हजार १ सयसहित पुरस्कृत गरिएको हो । उनी कान्तिपुर दैनिककी पोखरा सम्बाददाता हुन् ।

गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी र बाल गृहहरुको महासंघ नेपालका द्वितीय उपाध्यक्ष गोमा ढकाललाई बालबालिका संरक्षण अभियन्ता सम्मान २०७५ र बाल कल्याण समिति गण्डकी प्रदेशका बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्ले बालबालिका संरक्षण पहिचान सम्मान २०७५ बाट सम्मानित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment