+
+
Shares

वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १८:२५

७ भदौ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ ।

व्यूरोले काठमाडाैं टोखा नगरपालिका–१० सामाखुशी चोकबाट आखेटोपहारसहित पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो । कस्तुरीको बिना एक थानसहित काठमाडाैं तारकेश्वर नगरपालिका–१ का विजय लामा तथा नुवाकोट शिवपुरी गाँउपालिका–६ का सन्तोषकुमार तामाङलाई ब्यूरोले बुधबार पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको हो ।

लामा रेडपाण्डाको छालासहित पक्राउ परी केही समयअघि मात्र जिल्ला अदालत काठमाडौँबाट रु पाँच लाख धरौटीमा छुटेका व्यक्ति रहेको ब्यूरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । पक्राउ परेका दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा चलाइने ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?