+
+
Shares

कांग्रेस बैठक बस्दै, महासमिति बैठकबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ८ गते १०:२३
फाइल तस्वीर

८ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वस्दैछ ।

शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने वैठकले महासमिति वैठकको तयारीका सन्र्दभमा केन्द्रित भएर छलफल हुने सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिसकेको छ । यही भदौ अन्तिमसम्म कांग्रेसको महासमितिको वैठक बस्ने तयारी छ ।

वैठकमा समसामयिक राजनीतिक विषय, कर, मंहंगी, मुलुकी संहितालगायत विषयमा पनि छलफल हुने जनाइएको छ ।

‘कतिपय ऐन संविधानको मर्मविपरीत रहेको हामीले भन्दै आएका छौं’, प्रवक्ता शर्माले भने, ‘त्यसलाई संशोधनका लागि सरकारलाई दबाव दिने सन्दर्भमा पनि छलफल हुनेछ ।’

सभापति शेरबहादुर देउवाले पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुनर्संरचना गर्नका लागि केन्द्रीय समितिले निर्णय अनुसार विधानमा संशोधन र परिमार्जन गर्न समिति गठन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?