नायक प्रदिप खड्काले अभिनय गरेका चलचित्रको छायांकन अहिले विदेशमा भैरहेको छ । ‘प्रेमगीत २, लिलिबिली, रोज’को छायांकन विभिन्न देशमा गरियो । प्रदिपले आफै निर्माण गर्न लागेको नयाँ चलचित्र ‘लभ स्टेशन’को छायांकन पनि विदेशमा हु“दैछ । आखिर किन, प्रदिप चलचित्रको छायांकन विदेशमा गर्न चाहन्छन् ?
प्रदिप यो कुरामा आफूले पनि निर्मातालाई आग्रह गर्ने बताउँछन् । उनी भन्छन्–‘नेपालमै त्यस्तो दृश्यहरु देखाउनु पर्यो भने, सेट लगाएर महंगो रकम खर्च गर्नुपर्ने हुन्छ । तर, विदेशमा सस्तो रकममा पनि आ“खालाई शित्तल दिने दृश्य खिच्न सकिन्छ । केही समय अगाडि बलिउडमा पनि यो शैली चलेको थियो ।
अहिले दर्शकले आँखाबाट चलचित्र हेर्छन् । जुन दिन दर्शकले मनबाट चलचित्र हेर्न थाल्छन्, सोही समयबाट पनि बिषयवस्तुमा फोकस गरिएका चलचित्रमा काम गर्नुपर्ला ।’ प्रदिपले चलचित्र ‘रोज’को बजेट राम्रो भएकाले पनि गीत र केही दृश्य छायांकनका लागि टर्की पुगेको सुनाए ।
यस्तै, उनले आफूलाई ५० लाखको अफर आएको कुरा समेत स्विकार गरे । प्रदिपले भने–‘हो, अफर त मलाई आएका छन् । तर, पैसा भन्दा पनि कथावस्तु फाइनल भएपछि काम गर्ने वा नगर्ने म निर्णय लिनेछु । अहिले मैले संझौता गरिसकेको छैन । तर, टिम राम्रो भएकाले पनि चलचित्र गर्ने मुडमा भने छु ।’
प्रतिक्रिया 4