Comments Add Comment

दूध बेचेर कोक नखाऊः मन्त्री ढुंगेल

८ भदौ, रामेछाप । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दुध बेचेर कोक खाने परम्परा रहेसम्म नेपाली संस्कृतिको संरक्षण नहुने बताएका छन् ।

रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबारबाट सुरु भएको बृहत रामेछाप सांस्कृतिक, तथा कला साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री ढुंगेलले भने- ‘हामी मोही कुँडोमा खन्याउँछौँ, दुध बेच्छौ अनि बजारमा कोकाकोला र ड्यु किनेर खान्छौँ, अनि हाम्रो संस्कृति र संस्कार कसरी जोगिन्छ ?’

मन्त्री ढुंगेलले देशको कला र संस्कृति जोगाउन व्यक्ति व्यक्ति लाग्नु पर्ने बताए । यो कसैले एक दिन गरेर हुने कुरा नभएकोले हरेक व्यत्तिले दैनिक व्यवहारमा उतार्नु पर्ने उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा पूर्वीय संस्कार हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । आदर, सम्मान, सत्कार, माया प्रेम, सद्भाव राख्नेे पूर्वीय संस्कार भएको बताउँदै ढुंगेलले यो हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले संस्कार सिकाउन घरैबाट सुरु गर्नु पर्नेमा जोड दिए ।

मन्त्री ढुंगेलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत पूर्वाधारहरु वर्तमान सरकारको पहिलो प्राथमिकताको क्षेत्रमा रहेको बताए ।

उनले गुणस्तरीय र प्राविधिक शिक्षा दिने विद्यालयहरु गाउँमानै सञ्चालनमा आउने बताए । रामेछाप जिल्लाका हरेक गाउँ सडक सञ्जालमा जोडिने बताउँदै ढुंगेलले स्वास्थ्य सेवालाई नागरिककको पहुँचमा पुर्‍याउने बताए ।

मन्त्री ढुंगेलले भूकम्पको कारण भक्तिएका विद्यालहरुको पूनर्निर्माणमा भएको सुस्ताताको विषयमा आप\mनो गम्भीर ध्यानाकर्षण भएको पनि बताए । मानवअधिकार संरक्षण सञ्जाल (शिक्षा सञ्जाल ) रामेछापले विद्यालय भनवको पूनर्निर्माणमा भएको ढिलाइको विषयमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ढुंगेलले यस विषयमा आफू गम्भीर भएर लाग्ने बताए ।

रामेछापमा भारतीय दूतावासले निर्माण गर्ने भनिएका विद्यालयहरुको निर्माणको काम नै सुरु नभएको तथा अन्य विद्यालहरुको काम पनि सुस्त गतिमा अघि बढेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

रामेछापका सबै स्थानीय तहहरु आयोजक रहेको सो सम्मेलनमा विभिन्न जातजातिका झाँकिहरु प्रदर्शन गरिनुका साथै साहित्यिक र सांगीतिक प्रदर्शन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment