Comments Add Comment

प्रधानमन्त्रीलाई मेन्सन गर्दै देउवाको ट्वीटः छोरीचोलीको सुरक्षा गर्ने कदम चाल्नुस्

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरमा प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै छटनाको छानविन गर्न माग गरेका छन् । लगातार तीन ट्वीट गरेका उनले भनेका छन्, निर्मला पन्तको बलात्कार-हत्याको अनुसन्धानमा सन्देश जनाउने जनतामाथि गोली बर्साउने कार्यको म भत्सर्ना गर्छु ।’

निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र छोरी चोलीको सुरक्षा गर्ने कदम चाल्न माग गरेका छन् ।

 

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि हलो सरकारलार्इ मेन्सन गर्दै चार प्रश्न उठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment