Comments Add Comment

नेकपा सचिवालयको आकस्मिक बैठक जारी

फाइल फोटो

९ भदौ, काठमाडौं । नेकपाको आकस्मिक सचिवालय बैठक अहिले बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उनको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलनको विषयमा केन्दि्रत रहेको नेताहरुले बताएका छन् । शुक्रबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।

त्यसलगत्तै नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न भनेका थिए । प्रचण्डले टेलिफोन गर्दा ओली मन्त्रिपरिषद बैठकमा थिए । तर, बैठकले द्वन्द्वरत पक्षसँग वार्ता गर्न समिति गठन गरे पनि कञ्चनपुर घटनाको विषयमा छानबिन गर्ने समिति भने बनाएन ।

कञ्चनपुरको आन्दोलन चर्किंदै गएपछि गृह मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति बनाएको छ भने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । त्यतिबेलासम्म कञ्चनपुर आन्दोलनमा कसैको पनि मृत्यु भएको थिएन ।

यो पनि पढ्नुहोस् 

कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका

कञ्चनपुरमा प्रहरीको गोली लागेर बालकको मृत्यु, ५ जना घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment