Comments Add Comment

पर्यटन विभागले उठायो एक अर्बभन्दा बढी राजस्व

१० भदौ, काठमाडौं । पर्यटन विभागले चालु आर्थिक वर्षको एक महिनामा २० करोड राजश्व सङ्कलन गरेको छ । गत आवमा विभागले आव २०७४/०७५ मा एक अर्ब तीन करोड सात लाख ८९ हजार ७२९ राजश्व उठाएको थियो । आव २०७३/०७४ मा ६६ करोड ७४ लाख ८० हजार ४९ बराबरको राजश्व सङ्कलन गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हालै विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव २०७२/०७३ मा ६० करोड ४९ लाख ९२ हजार २७६ बराबरको राजश्व उठाएको थियो । विभागले पर्यटनसँग सम्बन्धित विभिन्न संस्था दर्ता शुल्कबाट दुई करोड ७२ लाख १९ हजार ५५० बराबरको राजश्व उठाएको छ । आव २०७३/०७४ मा पाँच करोड २५ लाख ९८ हजार ९२७ राजश्व सङ्कलन गरेको थियो ।

सो आवको भन्दा गत आवमा संस्था दर्तातर्फको राजश्वमा भने कमी आएको छ । क्यासिनोबाट प्राप्त रोयल्टी शीर्षकमा भने राजश्व सङ्कलन आव २०७३/०७४ को तुलनामा बढेर ४० करोड ६७ लाख पुगेको छ । सो आवमा मात्रै २२ करोड छ लाख १० हजार सङ्कलन भएको थियो ।

आव २०७२/०७३ मा सो शीर्षकमा ३१ करोड ८० लाख ७५ हजार सङ्कलन भएको थियो । विभागले अन्य प्रशासनिक सेवा शुल्कबाट चार लाख २९ हजार ९०० सङ्कलन गरेको छ । विभागको महत्वपूर्ण आम्दानीको स्रोतका रुपमा रहेको पर्वतारोहण र पदयात्रा स्वीकृत शुल्कबाट ४६ करोड ६१ लाख ६२ हजार ७६ सङ्कलन गरेको छ । आव २०७३÷०७४ मा उक्त शुल्कबाट ३९ करोड ३४ लाख ९८ हजार ५२२ सङ्कलन भएको थियो ।

आव २०७२/०७३ मा २५ करोड ८६ लाख ९३ हजार १६९ सङ्कलन गरेको थियो । यस्तै विभागले हनुमानढोका कुमारी चोकबाट मात्रै १३ करोडको हाराहारीमा राजश्व सङ्कलन गरेको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले विभागले राजश्व सङ्कलनमा उल्लेख्य प्रगति गरेको जानकारी दिँदै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए ।

विभागको सम्पूर्ण कार्यालयसहित आव २०७४/०७५ मा ६.१५ प्रतिशत मात्रै बेरुजु फछ्र्योट गरेको छ । यस्तै विभागको मात्रै भने ४९.४५ प्रतिशत बेरुजु फछ्र्यौट भएको विवरणमा उल्लेख छ । चालू आवमा भने विभागले असुली लगत कायम गर्ने तथा असुलतर्फ आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment