Comments Add Comment

१३ र १५ गते विजोर नम्बरका सवारी मात्र चलाउन पाइने

१० भदौ, काठमाडौं । आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ । १४ गते भने जोर नम्बरमा गुड्नेछ ।

चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment