Comments Add Comment

क्यारेबियन प्रिमियर लिगमा इर्फानको कीर्तिमानी बलिङ

१० भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग क्रिकेटमा बार्बाडस ट्रिडेन्सबाट पाकिस्तानी बलर मोहम्मद इर्फानले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा कम रन खाने कीर्तिमान बनाएका छन् ।

सेन्ट किट्स एण्ड नेभिस प्याटि्रयोसविरुद्धको खेलमा चार ओभर बलिङ गरेका उनले एक रन मात्रै खर्चेर दुई विकेट लिएका हुन् । इनिङको पहिलो ओभरको पहिलो बलमा नै क्रिस गेललाई आउट गरेका उनले आˆनो दोस्रो ओभरको चौथो बलमा लेविसलाई आउट बनाए ।

पहिलो, दोस्रो र तेस्रो ओभर नै मेडन गरेका उनले चौथो ओभरको अन्तिम बलमा एक रन खर्चिए । आउट साइड अफमा फालेको अन्तिम सट बलमा किङले मिड विकेटमा खेल्दै एक रन निकालेका थिए ।

इर्फानको किफायती बलिङका बाबजुद पनि बार्बाडस ६ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको बार्बाडसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको प्याटि्रयोसले १८ ओभर ५ बलमा लक्ष्य पूरा गरेको थियो । क्यारेबियन प्रिमियर लिगमा बार्बाडस अंक तालिकाको पाँचौ स्थानमा छ भने प्याटि्रयोस दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment